अखिल क्रान्तिकारी विद्यार्थी संगठन विस्तार अभियान सम्पन्न

राेल्पा अनलाइन Wednesday, November 30, 2016

रोल्पा, मंसिर १५ । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले देशैभरी संगठन विस्तार तथा सुढृद्धीकरण अभियान सञ्चालन गरको छ । रोल्पाको बाल कल्याण माध्यमिक विद्यालय लिबाङ रोल्पामा केन्द्रीय उपाध्यक्ष गोपाल न्यौपानेले अभियानको उद्घाटन गर्नुभएको छ ।

उद्घाटनको क्रममा प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष गोपाल न्यौपानले संगठन विस्तार तथा सुदृढ अभियान अन्तर्गत रोल्पा जिल्लामा नेपालको शैक्षिक अन्दोलनको मूल प्रवाह र मुख्य श्रेय संगठन अखिल क्रान्तिकारीको एजेण्डामा देशको शैक्षिक आन्दोलन अगाडि बढीरहेको दावी गर्नुभयो । उहाँले भन्नुभयो ः–“देशको शैक्षिक आन्दोलन अखिल क्रान्तिकारीको नेतृत्वमा अगाडि बढीरहेको छ, आगामी स्ववियू निर्वाचनमा पनि क्रान्तिकारीमय बनेको छ, अब त्यसको शुरुवात माओवादीको केन्द्र रोल्पाबाट गर्नका लागि म आग्रह गर्दछु । ”उहाँले राजा ज्ञानेन्द्र देशका नागरिकबाट फेरी राजा बन्नका लागि विदेशीलाई गुहार माग्दै हिडेकाप्रति खेद प्रकट गर्दै विदेशही होइन जनताको प्रिय नेता बन्नका लागि समेत पनि आग्रह गर्नुभयो । गोपाल न्यौपानेले संगठनको काँधमा नै नेपालका शैक्षिक आन्दोलन अगाडि बढेकोले संगठनमा गोलवन्द हुनुपर्ने बताउनुभयो ।
यस्तै माओवादी केन्द्रका केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य शेरबहादुर बुढामगर संविधान कार्यन्वयनको लागि देशको मूलधारमा सबैलाई लिनका लागि संशोधन प्रस्ताव पेश गरेको बताउँदै आगामी दिनमा यसलाई छलफलबाट निष्कर्ष निकाल्नु पर्ने बताउनुभयो ।
यस्तै कार्यक्रममा अतिथि अखिल क्रान्तिकारीका ५ नं.का इन्चार्ज राजेन्द्र अर्याल, केन्द्रीय सचिवालय सदस्य बीरबहादुर घर्तीमगर हावा, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य मानसिंह बिकले सभालाई संवोधन गर्नुभएको थियो । बक्ताहरुले देशका युवाहरुमा राजनीतिक सचेतना हुनुपर्ने विषयमा जोड दिनुभएको थियो ।
कार्यक्रम अखिल क्रान्तिकारी रोल्पाका अध्यक्ष आलोक पुनमगरको अध्यक्षतमा सम्पन्न भएको थियो भने सञ्चालन सचिव अशोक ओलीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रमका स्वागत अखिल क्रान्तिकारीका क्षेत्र नं. १ का संयोजक लोकेन्द्र सेनले गर्नुभएको थियो ।

 340 total views,  1 views today