चौतारीद्धारा बधाई ज्ञापन

राेल्पा अनलाइन Saturday, November 26, 2016

रोल्पा, मंसिर ११ । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति रोल्पाको नयाँ कार्यसमितिलाई प्रेस चौतारी नेपाल रोल्पाले बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।
शनिवार विहान एक औपचारिक कार्यक्रमको आयोजना गरी समितिका नयाँ कार्यसमितिलाई बधाई तथा सम्मान गरेको हो । नयाँ कार्यसमितिलाई शुभकामना दिनुहुदै प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटि रोल्पाका अध्यक्ष हरीप्रसाद घर्तीले पछिल्लो समय सिमांकंनको विषयमा रोल्पा आन्दोलित बनिरहेको बेला निजामती कर्मचारीहरुले चाल्ने कदम निकै महत्वपुर्ण रहेको बताउनुभयो । साथै उहाँले निजामती कर्मचारी सरकारको स्थायी अंग भएकाले सधै सेवाग्राहीको लागि स्तरीय सेवा प्रवाह गर्न आग्रह समेत गर्नुभयो ।
त्यस्तै कार्यक्रममा संगठनका नवनिर्वाचित अध्यक्ष पुष्प आचार्यले आफुले आफ्नो कार्यकालमा कहिल्यैपनि आँच आउने काम नगर्ने र नगराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । जनताको सेवालाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्न पनि सम्पुर्ण पदाधिकारीहरुलाई निर्देशन दिनुभयो ।
प्रेस चौतारी नेपाल रोल्पाका का.वा. अध्यक्ष जीवन डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने, महासंघ रोल्पाका संस्थापक अध्यक्ष काशीराम डाँगी, पूर्व अध्यक्ष खेम वुढा, सनस्टार साप्ताहिकका कार्यकारी सम्पादक नवीन लोचन मगर, रोल्पा समाचार साप्ताहिकका कार्यकारी सम्पादक रेशम विक, चतुर्भुज साप्ताहिकका प्रकाशक माधव कुमार ओली, प्रेस चौतारी नेपाल रोल्पाका पूर्व अध्यक्ष ईश्वरी जि.एम, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय प्रतिनिधिहरु कमल पराजुली, शिला मल्ल, गिरीराज लामिछाने, नयाँ कार्यसमितिका सम्पुर्ण पदाधिकारी लगायतको आतिथ्यता रहेको थियो भने कार्यक्रमको सन्चालन दिलिप कुवँरले गर्नु भएको थियो ।

290 total views, 1 views today