पार्टीमा महिला सहभागिता अर्थपूर्ण गराउने नेताहरुको प्रतिबद्धता

राेल्पा अनलाइन Saturday, November 26, 2016

रोल्पा, मंसिर ११ । अखिल नेपाल महिला (अनेम) संघ जिल्ला समिति रोल्पाले शनिवार लिबाङमा राजनीतिमा महिला सहभागिता चुनौति र सम्भावना बिषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर अन्तरक्रिया गरिएको अनेम संघ रोल्पाले जनाएको छ । अनेम संघ रोल्पाका अध्यक्ष इश्वरी जिएमको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले रोल्पाका अध्यक्ष हरिप्रसाद घर्तीको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा नेपाली काँग्रेस रोल्पाका प्रतिनिधि किशोर आचार्य, नेकपा माओबादी केन्द्रका रोल्पाका संयोजक सुरेन्द्र थापाघर्ती, नेकपा क्रान्तिकारी माओबादी रोल्पाका इन्चार्ज कुमार शाह, नेपाल महिला संघ रोल्पाका अध्यक्ष पुष्पा श्रेष्ठ, महिला अधिकारकर्मी तिर्था आचार्य, नेपाल पत्रकार महासघ रोल्पाका अध्यक्ष महेश न्यौपाने रोल्पा उद्योग बाणिज्य संघका उपाध्यक्ष विश्व कुमार चन्द, गैसस महासघ रोल्पाका सह–सचिव अर्जुन डाँगी लागायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्ने राजनीतिक दलका नेताहरुले महिलाहरुलाई आफ्नो पार्टीमा अर्थपूर्ण सहभागिता गराउने प्रतिबद्धता जनाएका थिए ।
अनेम संघ रोल्पाका सदस्य कृष्णी गौतमको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन अनेम संघ रोल्पाकी उपाध्यक्ष हस्तमाली बाँठाले गर्नुभएको थियो ।

 349 total views,  1 views today