डोजरले बाटो खन्दा खसेको ढुङ्गा लागेर सहचालकको मृत्यु

राेल्पा अनलाइन Thursday, November 10, 2016

रोल्पा, कार्तिक २५ । रोल्पाको घर्तीगाउँमा डोजरले सडक खन्ने क्रममा माथिबाट खसेको ढुंगा लाग्दा डोजरका सहचालकको मृत्यु भएको छ ।
माथिबाट ढुंगा र सुख्खा पहिरो खस्दा राँक–९ रोल्पाका २३ वर्षका डोजरका सहचालक गणेश थापाको बिहीबार मृत्यु भएको हो । डोजरका चालक बासुदेव चौधरीको अवस्था भने सामान्य छ । डोजरले सडक खन्ने क्रममा माथिबाट ढिस्कोसहित ढुंगा खसेपछि घटना भएको घर्तीगाउँ इलाका प्रहरी कार्यालयका प्रमुख राजीव श्रेष्ठले बताए । माथिबाट खसेको ढुंगाले सहचालक थापाको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले बताएको छ । उक्त घटना भएपछि सडक निर्माण कार्य रोकिएको छ । मृतकको शव पोष्टमार्टम गर्नका लागि रोल्पा अस्पताल ल्याउने तयारी भएको प्रहरीले बताएको छ ।

 339 total views,  1 views today