स्थानीयद्वारा पाँच किलोमिटर मोटर बाटो मर्मत

माधवकुमार अाेली Tuesday, November 8, 2016

rolpa-bato

३-असार / दशै तिहार जस्ता चाड पर्व र जनताको सुविधालाई मध्यनजर गर्दै तालाबाङ–५ धनथान्नेका स्थानीयहरुले सहिदमार्ग घर्तीगाउँ हुदैं तालाबाङको धनथान्ने हिले बजारसम्मको मोटर बाटो मर्मत गरेका छन् ।

धनथान्नेका करिब १ सय ५० घरधुरीको जनश्रमदानबाट उक्त ५ किलोमिटरको मोटरबाटो मर्मत गरिएको हो । वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खसेर अबरुद्ध भएको मोटरबाटो स्थानीयले दुई दिनसम्म करिब ७५ हजार बराबरको श्रमदान गरी यातायात पुनः सुचारु गरिएको स्थानीय भरत बुढाले बताए ।

हिले बजार सम्म यातायात पुनः सञ्चालन भएपछि पश्चिमी भेगका राँक पाखापानी तथा इरिबाङ गाविसका जनताहरुले यातायात सेवा पाउने भएका छन् । वर्षाले अवरुद्ध बाटो खुलेसँगै फेरी गाउँमै गाडी पुग्न थालेको छ । गाडि पुगेसँगै कृषकहरुले उत्पादन गरेको तरकारी तथा कृषि जन्य बस्तुले बजार पाउने भएपछि स्थानीय हर्षित भएका छन् ।

 371 total views,  1 views today