पाकिस्तानबाट अफगानिस्तान फर्कनेछिन् हरियो आँखा भएकी चर्चित महिला

राेल्पा अनलाइन Tuesday, November 8, 2016

afgan-girl

सन् १९८५ मा नेशनल ज्योग्राफिकको कभरमा फोटो छापेपछि चर्चित बनेकी ‘अफगान गर्ल’ शरबत गुलाले केही दिन सजायँ काटेपछि पाकिस्तानबाट अफगानिस्तान फर्कने बताइएको छ ।

शरबतलाई पाकिस्तानमा फर्जी दस्तावेज राखेको आरोपमा पक्राउ गरिएपछि १५ दिनको कैद सजायँ दिइएको थियो ।

उनका वकिलले बीबीसी उर्दूलाई दिएको जानकारी अनुसार शरबतलाई सोमाबार अफगानिस्तान फर्काइने सम्भावना रहेको छ ।

पाकिस्तानमा अफगानिस्तानका राजदूत डा. उमर जखिलवालाले आफ्नो फेसबुक पेजमा लेखे, ‘शरबत गुला अब सबै कानूनी झमेलाबाट बाहिर निस्किएको कुरा सुनाउन पाउँदा निकै खुसी भएको छु ।’

उनले भने, ‘उनले चाँडै नै शरणार्थीको अनिश्चित जिन्दगीबाट पनि मुक्ति पाउनेछिन् किनभने उनी सोमबार आफ्नो देश फर्कनेछिन् जहाँ आज पनि उनी नेशनल आइकन हुन् ।’

दुई वर्ष चलेको अनुसन्धानपछि शरबतलाई गत २३ अक्टोबरमा अफगान सरहद नजिकै पेशावरमा पक्राउ गरिएको थियो ।

324 total views, 1 views today