सात महिनादेखि गायब छिन् उत्तर कोरियाली नेता किमकी श्रीमती, कतै नन्दसँगको खटपट त कारण होइन ?

राेल्पा अनलाइन Tuesday, November 8, 2016

kim-jong

उत्तर कोरियाली नेता किम जोंग उनकी श्रीमती री सोल जू हराएकी छिन् । उनी पछिल्लो सात महिनादेखि कुनै सार्वजनिक कार्यक्रममा देखिएकी छैनन् ।

उत्तर कोरियाको स्थितीलाई विश्लेषण गरिरहेका केही विशेषज्ञले उनी हराउनुको पछाडि किमकी बहिनी यो–जोन्गसँगको खराब सम्बन्ध हुनसक्ने बताएका छन् ।

री सोल जू हराएपछि विभिन्न व्यक्तिले अनेकौं अनुमान गरिरहेका छन् । कसैले उनी गर्भवती भएको हुनसक्ने आशंका जताएका छन् भने कसैले नन्द यो–जोन्गसँगको खटपटका कारण उनी विगत सात महिनादेखि हराइरहेको बताएका छन् ।

उत्तर कोरियाली समाचार एजेन्सी योहैपका अनुसार किमकी श्रीमती रीलाई अन्तिम पटक प्योंगयांगमा मार्च २८ तारिखमा देखिएको थियो । त्यतिबेला उनी किम जोंगसँग नयाँ कमर्शियल डिस्ट्रिक र हेल्थ कम्प्लेक्सको टूरका लागि उपस्थित थिइन् ।
यसै वर्ष उत्तर कोरियामा ३६ वर्षपछि पार्टी कांग्रेस पनि भयो तर किम जोंगसँग री देखिएकी थिइनन् ।

टोकियोको वासेदा युनिभर्सिटीका प्राध्यापक तोशीमित्सुले द टेलिग्राफसँगको कुराकानीमा री गर्भवती भएकाले मानिसको नजरबाट टाढा रहेको बताएका छन् । श्रीमान्सँगको खराब सम्बन्ध पनि यसको कारण हुनसक्ने अनुमान गरिएको छ ।

तोशिमित्सुका अनुसार प्योंगयांगमा अस्थिरताको खबर छ । पछिल्लो केही वर्षमा किमविरुद्ध उत्तर कोरियाली सैनिकमा गुट पनि देखिएको छ । यस्तोमा रीलाई कडा निगरानीमा राखिएको अनुमान पनि गरिएको छ ।

नन्दसँग खटपट त छैन ?
टोकियोका प्राध्यापकका अनुसार री हराउनुको पछाडि किमकी बहिनी यो–जोंग पनि हुनसक्छिन् । किमकी बहिनी यो–जोंगको शक्ति बढेकाले री सोल जू रिसाएको पनि हुनसक्छिन् किनभने उनी राजनैतिक रुपमा किमभन्दा धेरै शक्तिशाली छिन् ।

यो जोंग देशको प्रचार र आन्दोलन हेर्ने गर्छिन् । उनी आफूलाई शक्तिशाली बनाइराख्नका लागि किमको मद्दत गर्दछिन् र किम पनि उनको प्रभावमा पर्ने गर्दछन् ।

प्रत्येक सार्वजनिक कार्यक्रममा देखिन्थिन्ः
किम जोंग र री सोल जूको विवाह सन् २००९ मा भएको थियो र उनीहरुको एउटा बच्चा पनि छ ।

विवाह भएदेखि नै री हरेक ठूलो कार्यक्रममा किमसँग देखिन्थिन् ।

मर्निग लेजरको रिपोर्ट अनुसार सन् २०१२ मा उनी १८ पटक, सन् २०१३ मा २२ पटक, सन् २०१४ मा १५ पटक र सन् २०१५ मा ७ पटक सार्वजनिक कार्यक्रममा देखिएकी थिइन् ।

तर उनी हराएको हल्ला यो पहिलो पटक भने होइन् । सन् २०१२ मा पनि यस्तै अफवाह फैलिएको थियो जब केही समयसम्म री सार्वजनिक कार्यक्रममा देखिएकी थिइनन् ।

264 total views, 1 views today