आखिर किन ट्रक ड्राइभरका लागि बन्यो विशेष प्रकारको कण्डम ?

राेल्पा अनलाइन Tuesday, November 8, 2016

केही दिन पहिले भारतमा कण्डमको नयाँ ब्रान्ड आएको छ जसको नाम हो डिप्पर । यो विशेषगरी ट्रक चालकका लागि तयार गरिएको हो ।

यसको नाम पनि भारतीय ट्रकमा लेखिएको त्यो चेतावनीबाट लिइएको हो जसमा लेखिएको हुन्छ, ‘रातको समयमा डिपरको प्रयोग गर्नुहोस् ।’

यो सन्देशको आफ्नै महत्व पनि छ जसका अनुसार रातीको समयमा ट्रक ड्राइभरले ‘लो बिम’ अर्थात कम प्रकाशको प्रयोग गर्नुपर्छ ।

सुरक्षित यौन सम्बन्ध बनाउनका लागि कण्डम बनाउनेहरुले यो सन्देशको प्रयोग गरेको देखिएको छ ।truck-driver

भारतमा करिब ६० लाखभन्दा बढि ट्रक ड्राइभर छन् जसमध्ये करिब तीन लाखमा एचआइभी पोजिटिभ छ ।

यो कण्डम निकै सस्तो पनि छ, दुई रुपैयाँमा तीनवटा कण्डमको प्याकेट उपलब्ध छन् । उत्पादन गरिएको पहिलो दिनमा करिब ४५ हजार कण्डम बिक्रि भएको थियो ।

यो कण्डमको बारेमा एक ट्रक ड्राइभरले भने, ‘मेरो बिचारमा यो कण्डम हरेक पेट्रोल पम्पमा निःशुल्क पाइनुपर्छ । हामीलाई नै थाहा हुँदैन यसको कहिले आवश्यक हुन्छ ।’

एक अन्य ट्रक ड्राइभरले भने, ‘ट्रक ड्राइभर धेरैजसो सधैं हतारमा हुन्छन् । प्रायः उनीहरु कण्डमको सही प्रयोग पनि गर्दैनन्। यसले उनीहरु आफैंलाई खतरा छ हुन्छ नै यसका साथै परिवारका मानिसहरुलाई पनि खतरा हन्छ ।’

यस्तै अर्का ट्रक ड्राइभर भन्छन्, ‘हरेक एचआइभीबारे जानकार छन् । तर कसैले कण्डमको प्रयोग गर्छन् त कसैले गर्दैनन् ।’

डिप्पर कण्डमको प्रोजेक्ट टाटा मोटर्स र ट्रान्सपोर्ट कर्पोरेसन अफ इन्डियाको सहयोगले सुरु भएको हो ।

337 total views, 1 views today